गरीबी निवारण कोषले विभिन्न २८ वटा सूचकका आधारमा सबैभन्दा न्यून मानव विकास सूचकाङ्क भएका नेपालका ४० जिल्लामा आफ्ना नियमित कार्यक्रमहरू सञ्चालन गरेको छ । त्यसअलावा गरीबी निवारण कोष आफ्नो विशेष द्वार कार्यक्रम लिई नेपालका सबै जिल्लामा पुग्न सक्दछ । विशेष द्वार कार्यक्रममा छानिनका लागि त्यस्तो कार्यक्रम सिर्जनशील हुनु जरुरी छ । “सिर्जनशील” भन्ने बित्तिकै गरीबहरूमध्ये पनि सबैभन्दा गरीबहरूको जीविकालाई उकास्नमा अपार संभावना र अनुकरणीय सफलता प्राप्त हुने खालको हुनु पर्दछ ।
त्यसका अतिरिक्त गरीबी निवारण कोषले नेपाल डेभलपमेण्ट मार्केट प्लेस (एनडीएम) – विश्व बैंक, २००५ का २० वटा विजेता सिर्जनशील प्रस्तावहरूमध्ये १२ वटा प्रस्तावहरूमा लगानी गरेको छ । बाजुरा, दोलखा, काठमाण्डौ, म्याग्दी, पर्सा, सप्तरी र स्याङ्जा जिल्लाका गरी २५ वटा गा.वि.स.का करीब ८,९९९ गरीब घरधुरीहरूलाई सेवा दिने गरी १२ वटा सहयोगी संस्थाहरूसँग एक करोड साठी लाख रूपैयाँ बराबरका सम्झौताहरू गरिएका थिए ।
त्यसै गरी गरीबी निवारण कोषले सन् २००८ मा नेपाल डेभलपमेण्ट मार्केट प्लेसअन्र्तगत २५ वटा सिर्जनशील आयोजनाहरूमा लगानी ग¥यो । चितवन, धादिङ, धनुषा, दोलखा, झापा, कालिकोट, कञ्चनपुर, काठमाण्डौ, काभ्रेपलाञ्चोक, खोटाङ, ललितपुर, मोरङ, पाँचथर, पर्वत, संखुवासभा र सर्लाही जिल्लाका गरी ५२ गा.वि.स.का करीब ३९७२ गरीब घरधुरीहरूलाई सेवा दिने गरी २५ वटा सहयोगी संस्थाहरूसँग तीन करोड बीस लाख रूपैयाँ बराबरका सम्झौताहरू गरिएका थिए । केही आयोजनाहरू सम्पन्न भइसकेका छन् भने केही अझै चालु अवस्थामा छन् ।
एनडीएम २००८ आयोजनाहरू तथा तिनका प्रत्यावर्तन
(पीडीएफमा, आकारः १६ के.बी.)
गरीबी निवारण कोषले सहयोग गरेका सिर्जनशील आयोजनाहरू
एडीएम २००८, आयोजनाहरूको नाम र अवस्था
गरीबी निवारण कोषले सहयोग गरेका एनडीएम २००५ सिर्जनशील आयोजनाहरू
(पीडीएफमा, आकारः २२.४ के.बी.)
एनडीएम २००५, आयोजनाहरूको नाम र अवस्था