कार्यक्रम जिल्लाहरु

ब्रोसरअझै बढी

भिडियोअझै बढी

श्रीराम सुवेदी
प्रवक्ता तथा कार्यक्रम महाशाखा प्रमुख
टेलिफोन : +९७७१-०१-४०३०७०० Ext: 272

कार्यक्रम जिल्ला

कार्यक्रम जिल्ला

कार्यक्रम जिल्लाहरु
 
गरीबी निवारण कोषले हाल ५५ नियमित र ३ जिल्ला गरी हाल ५८ वटा जिल्लामा आफ्नो कार्यक्रम कार्यान्वयन गरिरहेको छ । 
 
शुरुमा यसले कार्यक्रम कार्यान्वयनका लागि ६ जिल्लाहरू (दार्चुला, मुगु, प्युठान, कपिलवस्तु, रामेछाप र सिरहा) छनोट गरेको थियो । 
 
आ.व.२०६२/०६३ मा थप १९ जिल्लाहरू (अछाम, बैतडी, बझाङ, बाजुरा, डडेलधुरा, दैलेख, डोल्पा, डोटी, हुम्ला, जाजरकोट, जुम्ला, कालिकोट, महोत्तरी, रसुवा, रौतहट, रोल्पा, रुकुम, सर्लाही र सिन्धुली) छनोट गरी कार्यक्रम सञ्चालन गरिएको थियो । 
 
आ.व. २०६५/०६६ बाट गरीबी निवारण कोषको कार्यक्रममा नयाँ १५ जिल्लाहरू (ओखलढुङ्गा, बारा, खोटाङ्ग, सल्यान, सप्तरी, उदयपुर, सोलुखुम्बु, सिन्धुपाल्चोक, पाँचथर, धादिङ, ताप्लेजुङ, पर्सा, बर्दिया, धनुषा र तेह्रथुम) थप गरिएको थियो । 
 
आ.व. २०७०/०७१ को अन्त्यसम्ममा नुवाकोट, अर्घाखाँची, गुल्मी, म्याग्दी, गोर्खा, लमजुङ, बाँके, दैलेख, भोजपुर, नवलपरासी, सुनसरी, सुर्खेत, मोरङ, दैलेख र कैलाली गरी अरू १५ जिल्ला थपिएका थिए । 
 
सिर्जनशील कार्यक्रम भएका तीन वटा जिल्लाहरूमा कञ्चनपुर, मकवानपुर र चितवन रहेका छन् । 
यी नियमित तथा सिर्जनशील कार्यक्रम भएका जिल्लाहरूका अतिरिक्त गरीबी निवारण कोषले बढ्दो शहरी गरीबीसँग जुध्नका लागि एक नयाँ पहलकदमीको तयारी गरिरहेको छ । यस पेरि–अर्बन पाइलटस् कार्यक्रममार्फत काठमाण्डौ र बुटवल शहर वरिपरि रहेका गरीबहरूलाई लक्षित गरिनेछ । काठमाण्डौ तथा बुटवल प्रत्येकमा २०/२० वटा सामुदायिक संस्थाहरूको गठन गरिनेछ ।