कार्यक्रम सञ्चालन भएका क्षेत्रहरूमा निर्धारित समयसीमाभित्र गरीबी कम गर्ने खास लक्ष्यसहितका कार्यक्रमहरू तयार गर्ने ।
गरीबलाई विकासको केन्द्रमा ल्याएर तथा उनीहरूलाई कारक नभई बाहकको रूपमा व्यवहार गर्दै उचित सामाजिक परिचालनका उपायहरूको प्रयोग गरी समुदायको मागमा आधारित लक्षित अवधारणाको प्रवद्र्धन गर्ने ।
गरीब जनताको जीविकामा देखिने गरी प्रभाव परेको प्रत्याभूति गर्नका लागि समग्र विकासका प्रयास तथा साझेदारी निर्माणलाई सुनिश्चित गर्ने,
ग्रामीण जनतालाई योजनाको पहिचान, निर्माण, कार्यान्वयन, सञ्चालन तथा संभारमा प्रत्यक्ष सहभागितासहित सुलभ तथा दिगो तवरबाट गुणस्तरीय आधारभूत सेवाहरू प्राप्त गर्न सक्षम बनाउने, र
गरीबी निवारण कोषलाई गरीबको आवश्यकता र अपेक्षाप्रति संवेदनशील एक स्वतन्त्र, स्वशासित तथा व्यावसायिक संस्थाको रूपमा विकास गर्ने ।