कार्यक्रम जिल्लाहरु

ब्रोसरअझै बढी

भिडियोअझै बढी

श्रीराम सुवेदी
प्रवक्ता तथा कार्यक्रम महाशाखा प्रमुख
टेलिफोन : +९७७१-०१-४०३०७०० Ext: 272

ग्रामीण सामुदायिक पूर्वाधार

ग्रामीण सामुदायिक पूर्वाधार गरीबी निवारण कोषको कार्यक्रमको एक महत्वपूर्ण हिस्सा हो । गरीबी निवारण कोषले लक्षित समुदायहरूलाई समाजिक तथा आर्थिक सामुदायिक पूर्वाधारहरूको विकासका लागि सशक्तीकरण तथा सहयोग गरी पहुँचको प्रवद्र्धन गर्दछ । त्यस्ता पूर्वाधारहरू हितग्राहीहरू आफैँले कार्यान्वयन, व्यवस्थापन तथा संभार गर्ने गर्दछन् । सामुदायिक पूर्वाधारहरू लक्षित समुदायको जीविकाको सुधारसँग सम्बन्धित छन् । त्यसमा ग्रामीण सडक, गोरेटोे, घोडेटो, पुलपुलेसा, छोटो दूरीको तुइन, नदी किनारका जमीनको संरक्षण, खानेपानी प्रणाली तथा सरसफाइ, पानीको व्यवस्थापन (प्लाष्टिकको ट्याङ्की, फोहरा÷थोपा सिँचाइ प्रणाली) तथा किसानले व्यवस्थापन गरेको साना सिँचाई प्रणाली, कृषि उत्पादन सङ्कलन केन्द्र एवं बजारलगायत ग्रामीण उर्जा प्रणालीहरू पर्दछन् । 
 
सामुदायिक संस्थाहरूले सहयोगी संस्थाको सहयोगमा तयार गरेको सामुदायिक पूर्वाधार उप–परियोजनाका प्रस्तावहरू लगानी तथ कार्यान्वयनका लागि गरीबी निवारण कोषमा पेश गरिन्छ । 
 
प्रस्तावमा देहायका कुराहरु हुन्छन्ः 
खासगरी महिला, बालबालिका तथा कमजोर समूहहरूको आधारभूत स्वास्थ्य अवस्थामा सुधार गर्नका लागि योगदान पु¥याउने खानेपानी; सरसफाइ सुविधाहरू; लघु जलविद्युत, सुधारिएको चुल्हो आदि जस्ता वैकल्पिक स्रोतका उर्जा जस्ता पूर्वाधारहरू । 
कृषि उत्पादन, बाली भित्र्याउने तौरतरिका तथा समुदायमा आधारित सिंचाई आदि जस्ता क्षमता बढाउने पूर्वाधारहरू । 
सडक, गोरेटोे, पुलपुलेसा तथा सामुदायिक भवनहरू आदि जस्ता बजारको केन्द्रसम्ममा स्थानीय उत्पादनहरूको पहुँच सुनिश्चित गर्ने पूर्वाधारहरू ।
प्राथमिक विद्यालय, स्वस्थ्य चौकी, सभाभवन आदि जस्ता मानव संशाधनलाई अभिवृद्धि गर्ने पूर्वाधारहरू । 
सिर्जनशील विचार तथा प्रविधिसहितका पूर्वाधारहरू । 
 
सामुदायिक पूर्वाधारहरूको पहिचान तथा माग गर्नेदेखि योजना निर्माण, कार्यान्वयन, सञ्चालन तथा संभारका कामसम्ममा समुदाय आफैँ सहभागी हुने गर्दछन् । पूर्वाधार उप–परियोजनाहरूको सम्बन्ध आयआर्जनका गतिविधिसँग जोडिएको हुने हुनाले यसको कार्यन्वयनले दिगो जीवनयापनका लागि रोजगारी सृजना, आयआर्जन तथा उत्पादकत्वमा वृद्धि गर्न सक्छ । 
 
उप–परियोजनाहरूको कार्यन्वयनको प्रस्तावहरू स्वीकृत गर्नुअघि उप–परियोजनाहरूको स्थलगत भ्रमण तथा प्रतिवेदनहरूको जाँच गरी योग्यताका शर्त तथा आवश्यकताहरू पूरा भए नभएको प्राविधिक तथा सामाजिक मूल्याङ्कन गरिन्छ । त्यसैगरी, वातावरणीय तथा सामाजिक जाँचसूचीको ढाँचाअनुसार वातावरणीय तथा सामाजिक जाँच गरी सबै उप–परियोजनाहरूको वातावरणीय तथा सामाजिक मूल्याङ्कन गरिन्छ र नकारात्मक वातावरणीय तथा सामाजिक प्रभावहरू न्यूनीकरणका उपायहरूका सम्बन्धमा सुझाव दिइन्छ । यदि वातावरणीय तथा सामाजिक प्रभाव धेरै नै हुने भएमा प्रारम्भिक वातावरणीय तथा सामाजिक परीक्षणको रूपमा थप वातावरणीय तथा सामाजिक मूल्याङ्कन पनि गरिन्छ ।