कार्यक्रम जिल्लाहरु

ब्रोसरअझै बढी

भिडियोअझै बढी

श्रीराम सुवेदी
प्रवक्ता तथा कार्यक्रम महाशाखा प्रमुख
टेलिफोन : +९७७१-०१-४०३०७०० Ext: 272

आय आर्जन

स्वरोजगारी वा साना व्यवसायबाट हुने आयआर्जनले ग्रामीण रोजगारीको सिर्जना गर्दछ । गरीबी निवारण कोषले ग्रामीण बेरोजगारी तथा अर्ध–बेरोजगारी जस्तो पेचिलो विषयमा ध्यान केन्द्रित गर्दै आएको छ । विश्वले साना व्यवसाय (प्रचलित अर्थमा साना उद्यम) को सफलतालाई देखेको हुँदा गरीबी निवारण कोषले यसलाई एक महत्वपूर्ण कार्यक्रम हिस्साको रूपमा समावेश गरेको छ । गरीबी निवारण कोषले संभावित उद्यमीको पहिचानदेखि उत्पादनको बिक्रीसम्म सीप विकास, व्यवसायसम्बन्धी साक्षरता, प्रविधि, वित्तमा पहुँच तथा बिक्रीका लागि वृहत् सेवाहरू प्रदान गर्दछ । लघु उद्यम विकासको प्रक्रियासमेत सामाजिक परिचालनसँगै शुरू हुन्छ । स्रोतको संभाव्यता तथा उद्यमशील क्षमताको आधारमा लघु उद्यम निर्माणको प्रक्रिया प्रारम्भ हुन्छ । 
 
गरीबी निवारण कोषले विशेष गरी लक्षित समूहहरूका लागि आयआर्जन काम गर्न सामुदायिक संस्थाहरूलाई ९० प्रतिशत अनुदान दिन्छ । समुहहरू वा सामुदायिक संस्थाका सदस्यहरूले आयआर्जनका काम थाल्नका लागि सामुदायिक संस्थाको घुम्ती कोषबाट ऋण सापटी लिन्छन् ।
 
सहभागीहरूले किस्ताबन्दीमा सामुदायिक संस्थाको ऋण चुक्ता गर्दछन् । तसर्थ, लक्षित समुदायहरूको वित्तीय आवश्यकतालाई सहयोग गर्नका लागि उक्त कोष सामुदायिक संस्थाभित्रै घुमिरहन्छ । यसका अतिरिक्त उनीहरूको उत्पादनलाई अझ राम्रो बनाउन तथा बजारको विकास गर्न सामूहिक बचतसमेतलाई प्रोत्साहित गरिन्छ । गरीबी निवारण कोषले व्यावसायिक सम्बन्धहरू सिर्जना गर्नका लागि पूर्वाधार कार्यान्वयनमा पनि लक्षित समुदायहरूलाई सहयोग गर्दछ ।