कार्यक्रम जिल्लाहरु

ब्रोसरअझै बढी

भिडियोअझै बढी

श्रीराम सुवेदी
प्रवक्ता तथा कार्यक्रम महाशाखा प्रमुख
टेलिफोन : +९७७१-०१-४०३०७०० Ext: 272

भूकम्प–प्रभावित सहायता कार्यक्रम

२०७२ वैशाख १२ र २९ गते नेपालको ठूलो भू–भागमा धक्का दिने गरी आएका दुई ठूला भूकम्पले मध्यमाञ्चल तथा पश्चिमाञ्चल विकास क्षेत्रमा गम्भीर असर पारे । भूकम्प तथा पराकम्पहरूले देशव्यापीरूपमा पूर्वाधारहरूमा व्यापक क्षति पुरयाउनुका साथै मानवीय क्षति पनि भयो । भूकम्पमा परी करीब ९००० जनाले ज्यान गुमाए भने २२००० जनाभन्दा बढी घाइते भए ।
 
गरीबी निवारण कोषले दोलखा, धादिङ, गोर्खा, खोटाङ, लमजुङ, मकवानपुर, नुवाकोट, सिन्धुपाल्चोक, ओखलढुङ्गा, रसुवा, रामेछाप, सिन्धुली र सोलुखुम्बु गरी १४ वटा  भूकम्प प्रभावित जिल्लामा काम गरिरहेको छ । यी जिल्लामा गरीबी निवारण कोषले सरकारको पुनस्र्थापना कार्यक्रममा सहयोग गर्दछ । गरीबी निवारण कोषले कार्यक्रम सञ्चालनका साथै क्षति तथा आवश्यकताको मूल्याङ्कन, तालिम सञ्चालन र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले तोकेको मापदण्डअनुसारका घर बनाउनका लागि भूकम्प प्रभावित जनतालाई सहजीकरण गर्ने कामको अधिकार सहयोगी संस्थाहरूलाई दिएको छ । यसका साथै गरीबी निवारण कोषले लगानी गरेका पूर्वाधार आयोजनाको पुनस्र्थापना गर्ने र कोषले सहयोग गरेका घुम्ती कोषलाई पुनर्जीवन दिने कार्यादेश पनि सहयोगी संस्थाहरूलाई नै दिइएको छ ।
 
गरीबी निवारण कोषको यो भूकम्प सहायता कार्यक्रमअन्तर्गत महिला, दलित तथा अल्पसंख्यक जनजाति तथा कमजोर समूहहरूलाई विशेष ध्यान दिएर गरीब ग्रामीण तथा शहरी जनतालाई लक्षित गरिएको छ । 
 
गरीबी निवारण कोषको भूकम्पपछिको सहायता कार्यक्रमहरूमा निम्न लिखित चार वटा वटा पक्ष रहेका छन् :
 
१. पूर्वाधार पुनस्र्थापनाः पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त पूर्वाधारहरूको पुनस्र्थापना गर्नका लागि सञ्चालनमा रहेका सामुदायिक संस्थाहरूको पूर्वाधार पुनस्र्थापना । 
 
२. सामुदायिक घुम्ती कोषलाई पुनर्जीवनः भूकम्पअघिकै अवस्थामा पुग्ने गरी सामुदायिक घुम्ती कोषको पुनस्र्थापना गरी घुम्ती कोष सेवा फेरि शुरु गरेर भूकम्प प्रभावित सामुदायिक संस्थाहरुलाई सक्षम बनाउनका लागि आर्थिक क्रियाकलापहरूलाई पुनर्जीवन दिने काम । सामुदायिक घुम्ती कोषमा भूकम्पको प्रभावअन्तर्गत निम्न कुराहरू पर्दछन् :(अ) सामुदायिक घुम्ती कोषबाट लगानी गरिएका सदस्यहरूको सम्पत्तिमा क्षति भएका कारण तालिकाअनुसार सापटी तिर्न नसक्ने उच्च संभावना; र (आ) नगदमा क्षति । सामुदायिक घुम्ती कोषको अभिलेख तथा काजतपत्र पनि नाश वा क्षति भएको हुनसक्छ ।
 
३. सामुदायिक सेवाको पुनर्वहाली: समुदाय आफैंले हाँकेको विकासको जगका रूपमा रहेको सामाजिक परिचालनका प्रक्रियाहरूलाई पुनः थालनी गर्नका लागि तत्काल आइपर्ने स्रोतसाधनको कमीलाई समाधान गर्न सामाजिक परिचालनमार्फत समुदायलाई पुनर्जीवन दिने काम । 
 
४. डकर्मी तालिम: भूकम्प–प्रतिरोधी आवास तथा संरचना निर्माण गर्नका लागि श्रमिकहरूको सीप अभिवृद्धि गर्न प्रकोपपछिको पुनःनिर्माण तथा जीविकासम्बन्धी सीप अभिवृद्धि । 
 
गरीबी निवारण कोषले ६० जना प्राविधिक व्यक्तिहरूलाई भूकम्प–प्रतिरोधी निर्माण प्रविधिसम्बन्धी प्रशिक्षक प्रशिक्षण र ५७१४२ घरधनीहरूलाई भूकम्प–प्रतिरोधी  निर्माणसम्बन्धी घुम्ती प्रदान गर्ने लक्ष्य राखेको छ । यसै गरी भूकम्प–प्रभावित जिल्लाहरूमा १८० वटा डकर्मी तालिम कार्यक्रममार्फत ४५०० जना डकर्मीलाई तालिम दिइनेछ । आयोजना भएका जिल्लाहरूमा पुनःनिर्माणको कामलाई सहजीकरण गर्न ३९६ जनाभन्दा धेरै सामाजिक परिचालक तथा कार्यक्रम संयोजकहरूलाई पनि तालिम दिइएको छ । 
 
 
 
Mason Training Participant List
 
SN. Title Download
1. Participant list  Ramechhap
2. Participant list Dhading
3. Participant list Dolkha
4. Participant list Lamjung
5. Participant list Sindhuli
6. Participant list Solukhumbu